गल्कोट रिघामा बाल सँजाल तथा बाल अधिकार समितिको गठन

प्रकाशित मिति:

सुरेश छन्त्याल- गलकोट नगरपालि ११ रिघामा वडा बाल सँजाल तथा बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नं। ११ रिघाको वडा कार्यलयमा आज सम्पन्न भेलाले वडा बाल सँजाल तथा बाल अधिकार समिती गठन गरेको हो ।

बालबालिकाको सुनौलो जिवन निर्माण वडा बाल साजालमा रोसन परियाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ । भने वडा बाल अधिकार समितिमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसको संयोजकत्वमा १२ सदस्यीय समिति बनेको छ ।

भेलामा गलकोट नगरपालीकका उप प्रमुख रेनुका काउचा मगर, जिल्ला समन्य सदस्य रुपा विक, खर्बाङ प्रहरी चौकीका प्रमुख अनुप केसी, शिक्षक प्रतिनिधि दल बहादुर थापा, विद्यालय समिति मार्फत धन वा श्रीस, बाल संजाल मार्फत अध्यक्ष रोसन परियार लगाएतले बोलेका थिए । भेला वडा अध्यक्ष डम्बर बहादुर श्रीसको अध्यक्षता तथा सहजकर्ता विमला विकको संचालनमा सम्पन्न भएको थियो ।