प्रहरीको धरपकडमा युवा संघका नेताहरु घाइते, सचिवसहित तीनजना पक्राउ

प्रकाशित मिति:

काठमाडौं । एमसीसी र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने युवा संघ नेपालका नेतारकार्यकर्तालाई प्रहरीलेकुटपिट गरेको छ । एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो ।त्यस्तै, एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेतारकार्यकर्ता सडकमा उत्रिएका थिए । सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।गुरुङका अनुसार प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू( सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य( समुन्द्र तिमलसेना, अचुतम सापकोटा घाइते भएका छन् ।

युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डा उडाउने क्रममा संघका सचिव महाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।यद्यपि, प्रहरीले भने एमसीसीको विरोध गर्ने अर्को जमातले उत्तेजक प्रवृत्ति देखाएको र उनीहरूलाई तितरबितर पार्ने क्रममा युवा संघका नेतारकार्यकर्ता पनि परेको बताएको छ ।