आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः मनमा चपलता रहनेछ, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

वृष राशिः आर्थिक लाभ हुनेछ, सामाजिक कार्यमा रुचि जाग्नुका साथै परिवारमा सुख समृद्धि प्राप्त हुने देखिन्छ ।

मिथुन राशिः कार्यमा उन्नति हुनेछ, व्यापार बढ्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कर्कट राशिः मनमा उत्साह छाउनेछ, आमदानी बढ्नुका साथै प्रेममा सफलता मिल्ने देखिन्छ ।

सिंह राशिः शत्रु पक्ष सबल देखिन्छन्, कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः अध्ययनमा रुचि जाग्नेछ, सामाजिक मान सम्मान प्राप्त हुनुका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः पराक्रम बढ्ने, लक्ष्मी वृद्धिका साथै सामाजिक कार्यमा अभिरुचि रहने देखिन्छ ।

वृश्चिक राशिः आकस्मिक लाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः कार्य हानि, आर्थिक अस्थिरताका साथै शारीरिक आलश्यता रहनेछ ।

मकर राशिः कार्यमा सफलता मिल्नेछ, आय आर्जनमा वृद्धि हुनुका साथै मित्र लाभ हुनेछ ।

कुम्भ राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै खेल क्षेत्रमका मन जाने देखिन्छ ।

मीन राशिः प्रिय लाभ, मनमा प्रशन्नता रहनुका साथै कार्यमा सफलता प्राप्त हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५