चलचित्र २.० चीनमा रिलीज हुने

प्रकाशित मिति:

अक्षय कुमार र रजनीकान्तको चलचित्र २.० चीनमा रिलीज हुने भएको छ । चलचित्र २०१९ मा चीनको ५६ हजार स्क्रीन्समा सबटाइटल्ससहित रिलीज हुदैछ । चलचित्र प्रोड्यूस गर्ने लाइका प्रोडक्शनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै सो जानकारी दिएको छ । चलचित्रले अहिलेसम्म ६ दिनमा कुल ४८८ करोड वर्ल्ड वाइड कमाई गरेको छ ।

चलचित्र २.० ४७ हजार थ्रीडी स्क्रीन्समा देखाइनेछ । चीनको सबैभन्दा चर्चित प्रोडक्शन र डिस्ट्रीब्यूशन हाउस एचवाय मीडियाले चलचित्रलाई रिलिज गर्नेछ । यसको लागि एचवाय हलिउडका सोनी, यूनिभर्सल, वार्नर ब्रदर्स, ट्वान्टि सेन्चुरी फोक्स र डिजनीसँग मिलेर रिलीज गर्नेछ ।