मैत्रेयी महिला आवाजले खुवायो लैङ्गीक अल्पसंख्यकलाई दर

प्रकाशित मिति:

तिजको दर खाने दिनको अवसर पारेर मैत्रेयी महिला आवाजले तिज मिलन कार्यक्रम आयोजना गरी तेस्रो लिङ्गीहरुलाई दर खुवाएको छ । घर परिवार बाट उपेक्षित तेस्रो लिङ्गी समुदायको माइती बनेर दर खुवाउन पाएकोमा खुशी लागेको संस्थाकी अध्यक्ष कविता पन्थीले बताइन् ।

तिज मिलन कार्यक्रममा साहसी कदम नेपालका अध्यक्ष एवं तेस्रो लिङ्गी अगुवा आनिक रानाले संस्थाले आफुहरुलाई सम्झेर बोलाएकोमा संस्थालाई धेरै धन्यवाद दिइन् । लैङ्गिक अल्पसंख्यकहरु समाजमा खुलेर हिड्नसक्ने वातावरण नबनेको भन्दै मैत्रेयी महिला आवाज जस्ता संस्था अधिकारको लडाइमा सहयोगी बन्ने अपेक्षा व्यक्त गरिन् ।

समाजमा हुने अपराध,हिंसा न्यूनीकरण,अदिकारको प्राप्तिको लडाइ,मानव अधिकारको सुनिश्चितता जस्ता कुरामा तेस्रो लिङ्गी समुदाय, साहसी कदम र मैत्रेयी महिला आवाज मिलेर जानुपर्छ भन्ने धारणा कार्यक्रममा सहभागीहरुले राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कमला पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।