काङ्ग्रेस वडा सभापतिहरुलाइ सम्मान

प्रकाशित मिति:

भैरहवा, २४ भदौ- १४ औ महाधिबेसन अन्तरर्गत रुपन्देहिको सिद्दार्थ नगर नगरपालिकामा निर्वाचित नेपाली काङ्ग्रेसका वडा सभापतिहरुलाइ सम्मान गरिएको छ । १३ वटा वडा मध्ये ११ मा सर्वसम्मत र २ वटामा निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो । वडा कमिटी काङ्ग्रेसको मुख्य जग भएको र वडामा नेतृत्व गर्नेलाइ हौसला प्रदान गर्ने उदेश्यले पहिलो पटक वडा सभापति र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्ने निबर्तमान सभापतिहरुलाइ एकै पटक सम्मान गरिएको हो ।

१४ औ महाधिबेसनमा नगर सभापतिका प्रत्यासी कोशिस खड्काको अगुवाइमा भएको कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस रुपन्देहिका कोषाध्यक्ष दिपक न्यौपानेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस रुपन्देहिका सचिव रामकृष्ण खाणले १४ औ महाधिबेसन एकताको महाधिबेसन भएको भन्दै निर्वाचित र निबर्तमान सभापतिहरुलाइ सम्मान गर्नु पनि एकताको सन्देस भएको बताए । गुट उप गुटले काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै उनले भैरहवामा यसकिसिमले गरेको सम्मान एउटा उदाहरणिय भएको र यस्ता कार्यक्रमले काङ्ग्रेसलाई एक ढिक्का बनाउने बिस्वस व्यक्त गरे । कार्यक्रममा संविधान सभाका सद्स्य इस्तियाक अहमद खान, जयतुननिसा खान, काङ्ग्रेस नेताहरु सुरेन्द्रजग थापा, राम किसन बिक, देबि प्रसाद चौधरी, महेन्द्र कुमार, सुदर्सन नेपाल, लेखनाथ भट्टराई, यम बहादुर राना लगायतको सहभागिता रहेको थियो ।

सो अबसरमा बोल्दै नगर सभापतिका दाबेदार लेखनाथ भट्टराई र यम बहादुर राना ९ माइलाले० आफ्नो उम्मेदवारी फिर्ता लिदै कोसिस खड्कालाई समर्थन गरेका थिए ।