भोलिदेखि रामपुरमा मेयरकप शुरु हुंदै

प्रकाशित मिति:

पाल्पाको रामपुरमा शनिबार देखि दोस्रो मेयर कप हुने भएको छ । नगर खेलकुद विकास समितिले पत्रकार भेटघाट गरि शनिवार देखि दोस्रो मेयर कप सञ्चालन हुने जानकारी गराएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर खेल मैदानमा हुने मेयर कप सम्बन्धी समितिले बिजयपुरमा पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराएको हो । मंसिर २२ देखि २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत अन्तर वडा स्तरीय महिला र पुरुष भलिवल, पुरुष फुटवल र डबल्स व्याडमिन्टन प्रतियोगिता हुने रामपुर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए ।