क्याननमा तीज गीत प्रतियोगिता

प्रकाशित मिति:

बुटवल २४ भाद्र, बुटवल सुख्खानगरस्थित क्यानन माधयमिक विद्यालयले बुधबार हरितालिका तीजको अवसरमा विद्यार्थीहरुवीज अनलाईन तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यार्थीहरुहरुलाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउदै संरक्षण सम्वद्र्धनमा अग्रसर गराउने तथा विद्यार्थीम रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा माध्यमिक, प्राथमिक र पुर्व प्राथमिक तह गरी तीनै तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

जस अन्र्तगत माध्यमिक तह तर्फको प्रतियोगितामा तृप्ती कुँवर प्रथम, बेला खड्का द्वितीय, सदिक्षा भण्डारी तृतीय र परिधी भुषाल सान्त्वना हुन सफल भए भने प्राथमिक तह तर्फको प्रतियोगितामा रिया बिश्वकर्मा प्रथम, अनुषका भट्टाई द्वितीय, आर्या गैरे तृतीय र आइशना भट्टराई सान्त्वना हुन सफल भए । त्यस्तै पूर्व प्रथमिक तह तर्फको प्रतियोगितामा संसा ज्ञवाली प्रथम, मनिष बेल्वासे द्वितीय, प्रद्दिती बेल्वासे तृतीय र दिप्सन रुचेल र सनम बुढाथोकीले सान्त्वना स्थान हासिल गरेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिन गिरीको अध्यक्षतामा भएको उक्र प्रतियेगितामा विद्यालयका प्राचार्य थानेश्वर पौडेल, सह प्राचार्य सुर्य प्रसाद पाण्डे र बरिष्ठ शिक्षक वेदनीधी घिमिरे लगातको आतिथ्यता रहेको थियो ।प्रतियोगितामा मा वि तर्फ इश्वरी खनाल, रोमी श्रेष्ठ ले निर्णायकको भूमिका निभाएका थिए । भने प्रा.वि भगवती पाण्डे, सविता के.सी. जमुना रिजाल, पुर्व प्र प्रमिना ज्ञवाली र मिना पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रम विद्यालयका शिक्षक गिता राना, कल्पना पौडेल र पुष्पा खड्काको संचालनमा सम्पन्न भएको थियो ।