ब्लड क्यान्सर ८० वर्षिय ‘खगीश्वरा’जसले कोरोना जितिन्,परिवार भन्छ,हामीलाई आश थिएन्

प्रकाशित मिति:

सुरेश परियार।भदौ २४ गते- ब्लड क्यान्सरबाट ग्रस्त एक वृद्धाले कोरोना जितेकी छन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२,रानीवगिया निवासी ८० वर्षिय खगीश्वरा गौतमले कोरोना जितेर घर फर्किएकी हुन् ।विगद लामो समय देखि ब्लड क्यान्सरबाट प्रभावित खगीश्वरालाई एक्कासी कोरोना संक्रमण भयो । कोरोना संक्रमणले बृद्धा गौतमलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पतालको आईसियुमा राखिएको थियो । आईसियुमा राखीएको १५ दिन पछि बृद्धा खगीश्वरा कोरोनाबाट निको भएर भदौ २३ गते घर फर्र्किएकी हुन् ।

आफुले नयाँ जिवन पाएको भन्दै खुशीले हौसिएको बृद्धा खगीश्वरा गौतमले बताएका छन् ।ब्लड क्यान्सरबाट विरामी थिए तर आत्मबल,हौसला र समयमै उपचारका कारण कोरोनालाई परास्त गर्न सफल भएको बृद्धा गौतमले बताईन् ।कोरोना संक्रमण भएर नआत्तिन सवैलाई आग्रह गर्दै आत्मबल र हौसलाले नै कोरोना जित्न सकिने सुझाव दिईन् ।

कोरोना संक्रमण भएसंगै अवस्था नाजुक हुदाँ आमाको आश लागेको थिएन तर नया जिवन पाएको भन्दै खगीश्वराका छोरा कृष्ण गौतमले बताएका छन् । आमाको साहस र उच्च आत्मबलले मात्र कोरोनालाई परास्त पार्न सकेको सन्देश कृष्णले दिए । अहिले परिवारमा खुशीको रौनक रहेको बताए ।