एमसिसी उपाध्यक्ष सुमारसहितको टोलीले नेता नेपाललाई भेट्यो

प्रकाशित मिति:

काठमाडौँ-अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

सुमार, सहउपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेपाललाई समाजवादीको संसदीय दलको कार्यालयमा भेट गरेको हो।बिहीबार बिहान नै काठमाडौँ ओर्लिएकी सुमारले दिउँसो बालकोट नै पुगेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्।

नेपालसँग फातिमा भेटमा समाजवादीका नेताहरु गंगालाल तुलाधार, प्रमेश हमाललगायत सहभागी भएको भेटमा सहभागी एक नेताले बताए।सुमारसहितको टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ।