रुपन्देहीमा चट्याङ लागेर १ को मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको मर्चवारीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका ३ का १५ वर्षीय श्यामसुन्दर केवट रहेका छन् ।

बिहीबार साँझ घाँस काटेर फर्कने क्रममा परेको चट्याङले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । थापाका अनुसार मृतकसँगै रहेका १२ वर्षका सन्तोष यादव घाइते भएका थिए । उनको स्थानीय मेडिकलमा उपचार भएपछि घर पठाइएको छ ।

त्यस्तै, चट्याङले पालिकाकै वडा १ मा आफ्नै घरको आँगनमा बसेका बेला ४५ वर्षीया माया ठाकुर, ५२ वर्षीया इन्द्रावती ठाकुर र ७ वर्षीया गौरी ठाकुर घाइते भएको थापाले जनाए । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।