आर्थिक सुशासनका लागि नेतृत्व परियोजना तिलोत्तमामा

प्रकाशित मिति:

नेपाल लिडरसिप एकेडेमी र तिलोत्तमा नगरपालिकाको सहकार्यमा आर्थिक सुशासनका लागि नेतृत्व परियोजना सञ्चालन गर्ने भएको छ । आर्थिक समृद्धि, सुशासन र नेतृत्वमा अभ्यासमा आधारित नवप्रवर्तनको सोंचले सञ्चालन गर्न लागेको परियोजनाले जनप्रतिनीधि, कर्मचारीतन्त्र र सरकोकारवालाहरुको एकाकार सोंच, सामुहिक सिकाई र परिणाममुखी पहल मोडयूलहरुको अभ्यास गरिने छ ।

नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले अभिमुखिकरण गरिएको कार्यक्रममा परियोजना कार्यान्वयनार्थ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको संयोजकत्वमा १५ सदस्सिय निर्देशक समिति गठन भएको छ । जस्मा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, विषयगत समितिहरुबाट दिवाकर ढकाल, राधा शाही, दधिराम गौतम, सुखदेव न्यौपाने, प्रवक्ता सुरेन्द्र श्री, बाणिज्य र वित्तिय क्षेत्रबाट गुणानीधि भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, देवराज ज्ञवाली, सदस्यसचिवमा प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल, सहसदस्य सचिव कमल थापा, प्राज्ञिक र विकास क्षेत्रका तर्फबाट युवराज न्यौपाने र विष्णु प्रसाद ढकाल तथा आमन्त्रित योगदानकर्तामा माधव पोखरेल रहेका छन् ।

यसै समितिको मार्गदर्शनमा पालिकाले यूवा रोजगारीको क्षेत्रमा दीगो रोजगारी श्रृजनाका नविन प्रयोगसहितको १०० दिने दु्रत परिणाम पहल अभियान सञ्चालन पनि गरिने निर्णय समेत गरेको छ । नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षता, प्रवक्ता सुरेन्द्र श्रीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले गर्नुभएको थियो ।