पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

प्रकाशित मिति:

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट८ हजार ५४९ र एन्टिजेन विधिबाट २ हजार ३६७ जनामा परिक्षण गर्दा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७५ हजार ५४८ र एन्टिजेनबाट ८६ हजार ४०४ जना पुगेको छ ।

यस्तै, आज थप १६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । निको हुनेको दर ९५ प्रतिशत छ । आज संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९२४ पुगेको छ ।