युवा संघको टर्च र्‍याली, प्रहरीमाथि इट्टा प्रहार

प्रकाशित मिति:

काठमाडौं-राष्ट्रिय युवा संघ नेपालले दार्चुलाको तुइन काण्डलगायतका घटनाको विरोध गर्दै काठमाडौंमा टर्च र्‍‍याली निकालेको छ।

युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली अलपत्र परेको, नेपाली आकासमा विदेशी हेलिकप्टर घुमेको, एमसिसीलगायतको विरोधमा शुक्रबार बेलुकी प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीमाथि इट्टासमेत प्रहार गरेका थिए।