रुपन्देहीको गैडहवामा प्रहरी माथी हातपात गर्ने २ जना मापसे बिरुद्ध सार्वजनिक मुद्धा

प्रकाशित मिति:

२६ भदौ,गैडहवा- रुपन्देहीको गैडहवा गाउपालिकामा प्रहरी माथी हातपात गर्ने २ जना मापसे युवाहरुलाई सार्वजनिक शान्ती सुरक्षा बिरुद्ध कसुर गरेको आरोपमा जिल्ला अदालत भैरहवामा सार्वजनिक मुद्धा चलान गरिएको छ। रुपन्देहीको गैडहवा ७ शान्ती बजारमा गत बिहिवार २४ गते हरितालिका तिजको अवसरमा आयोजित तिजको कार्यक्रम भइरहेको समयमा मापसे गरि हुलदंगा गर्दै प्रहरी माथी हातपात गर्ने ती युवाहरुलाई प्रहरीको नियन्त्रणमा ल्याई सो मुद्धा चलाइएको जल्ला प्रहरी कार्यलय,भैरहवा रुपन्देहीका प्रबक्ता तथा डि।एस।पी। सत्य नारायण थापाले जानकारी दिनु भएको छ।

स्थानयि प्रहरी चौकी,शान्ती बजारबाट खटिएका सुरक्षाकर्मीहरुले तिजको कार्यक्रमलाई व्यबस्थित र शान्ती सुरक्षा कायम गर्ने क्रममा स्थानयि युवाहरुले मापसे गरी प्रहरी चौकी,शान्ती बजारका प्रहरी सहायक निरीक्षक नरेश गुप्ताको हातको औंलामा र प्रहरी हवलदार निम बहादुर थापाको हातमा भाटा प्रयोग गरी हान्दा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यलय,भैरहवा रुपन्देहीका प्रवक्ता तथा डि।एस।पी। थापाले जानकारी दिनु भएको छ।

कार्यक्रममा भएको हुलदंगालाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यलय,सूर्यपुराबाट थप सुरक्षाकर्मीको सहयोग लिई हुलदंगामा संलग्न रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं। ४ बस्ने अन्दाजी २२ बर्षका बविन थापा र गैडहवा गाउपालिका वडा नं।४ गैडहवातालका अन्दाजी १७ बर्षका तेजिन्द्र थापा लाई सार्वजनिक शान्ती सुरक्षा बिरुद्धको कसुरमा थप अनुसन्धानका लागि सार्र्वजनिक मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यलय,भैरहवा रुपन्देहीका प्रवक्ता तथा डि।एस।पी। सत्य नारायण थापाले जानकारी दिनु भएको छ।