असोज १५, १६ र १७ गते एमालेको विधान महाधिवेशन

प्रकाशित मिति:

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५, १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ नागरिक मञ्चका पदाधिकारी, जिल्ला कमिटी र पदाधिकारी, भूगोलमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक महिला सदस्य सहित दुई जना, प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्यहरु पनि विधान अधिवेशनमा सहभागी हुन पाउने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।

यस्तै केन्द्रीय विभागका सचिव सहित १५ सदस्यीय, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, जनसंगठनका पदाधिकारी लगायत संगठनबाट महाधिवेशनमा सहभागी हुन पाउने बैठकले निर्णय गरेको छ । विधान महाधिवेशनमा जम्मा ३ हजार प्रतिनिधिले भाग लिनेछन् । यसअघि एमाले स्थायी समितिले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।