शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग जुट्दै

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुल्मी । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग जुट्दै गइरहेको छ । महोत्सवको छैठौ दिन अर्थात विहिवारसम्म नगद चन्दाबोल,धान सुन,जग्गा लगायतबाट गरि कुल १ करोड,५५लाख, ३४ हजार,५सय,८७ रुपैया बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्गका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले जानकारी दिए ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई सुविधा सम्पन्न स्र्माट क्याम्पसको सञ्चालानार्थको लागि शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । गत मंसिर १५ देखि शुरु भएको महोत्सव २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले जानकारी दिए ।