नेकपा एसको पाल्पा अध्यक्षमा पाण्डे

प्रकाशित मिति:

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पाल्पामा खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।शनिबार पाल्पामा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको हो । पाल्पा कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् ।

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरहरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनि पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताएका थिए ।

भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । अहिले अध्यक्ष बनेका खिमानन्द पाण्डे ९कमल० तत्कालीन एमालेका जिल्ला उपसचिव हुन् ।