विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको अयोजनामा एवं युवा युवती लक्षित सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल-विश्व आत्ममहत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च पन्चनगर द्वारा संचालित (सामी परियोजना) पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा आत्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम रामग्राम १४ अमरौट स्वास्थ्य चौकी मा सम्पन्न भएको छ ।

रामग्राम नगरपालिका वडा न १४ का वडा अध्यक्ष पारस नाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम को उदेश्य माथी रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका सुरज हरिजन,ले प्रकाश पार्नु भयेको थियो।उक्त सचेतना कार्यक्रममा सामी परियोजनाको कार्य र स्थानीय सरकार र यस परियोजनाको कार्य तथा उदेश्य माथि परियोजना का आर भि यबम आप्रवासी परिवार हकहित मञ्च नवलपरासी का जिल्ला सचिव रामु भुषाल ले सहजीकरण गर्नु भएको थियोे भने आत्महत्या गर्ने कारण ,त्यसको समाधान , किशोर किशोरीको भुमिका ,आत्महत्या रोज्नुमा मानसिक समस्या मुख्य कारण ,मानसिक समस्या निराकरणका लागि निशुुल्क मनोपरामर्श कसरी पाउने, नेपाल सरकारले प्रदान गर्ने निशुल्क हेल्पलाईन जस्ता विषयमा सामी परियोजनाकि मनोपरामर्शकर्ता सुमित्रा चौधरीले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा अमरौट स्वास्थ्य शाखा कर्मचारी ,जनता मा वि का अध्यक्ष अर्जुन कोइरी ,जिल्लामा विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकारहरु, सुनवल,बर्दघाट ,रामग्राममा सामी परियोजनामा कार्यरत कर्मचारी एवं रामग्राम १४ र१८ का विधालयमा अध्यनरत किशोर किशोरीको उपस्थिति रहेको थियोे कार्यक्रममा अमरौठ स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सन्चालन सुक्रौली स्वास्थ्य शाखा प्रमुख बलराम सापकोटाले गर्नु भयेको थियो ।

यसैबीच,दिवस को अबसर मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत विभिन्न संघसंस्थाले आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि बर्सेनि आत्महत्या बढ्दै गएको पाइएको मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा। वासुदेव कार्कीले बताउदै आर्थिक बर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्नु भयेको छ । उहाका अनुसार एक वर्षको फरकमा ५।५८ प्रतिशतभन्दा बढीले आत्महत्या गरेका पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा जबकि आव २०७६/०७७ मा ६ हजार २ सय ४१ जनाले मात्र आत्महत्या गरेका थिए । आ व २०७५/०७६ मा ५ हजार ७ सय ५४ जना,आ व २०७४/०७५ मा ५ हजार ३ सय १७ जना र आव २०७३/०७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ । सरकारले दिगो लक्ष्य हासिल गर्नका लागि सन् २०३० सम्म आत्महत्याको दर ४।७ मा झार्ने बताइरहँदा नेपालमा दैनिक १६ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक आएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६।५ प्रतिशत व्यक्तिले आत्महत्याको सोच र योजना बनाउने गरेको पाइएको छ । मृत्युका कारणमध्ये १।४ प्रतिशत आत्महत्या हुने गरेको छ ।