एमसीसी सम्झौता कुनै हालतमा संसद्बाट पास नहुने : सीपी मैनाली

प्रकाशित मिति:

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले एमसीसी सम्झौता कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमसीसी सम्झौतालाई राष्ट्रघात भन्दै उनले एमसीसी पास भए यो मुलुक रणभूमि बन्ने खतरा रहेको जिकिर गरे । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको उनको भनाइ छ ।मैनालीले एमसीसी संसद्बाट पास भए नेपालको संविधान र कानुनभन्दा माथि हुने तर्क गरे । एमसीसीमा केही घातक बुँदाहरू रहेको पनि उनले उल्लेख गरे । “एमसीसी संसद्बाट पास गर्दा नेपालको कानुन बन्न जान्छ । एमसीसी नेपालको राज्यभन्दा ठूलो हुन्छ,” उनले भने ।

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले एमसीसी संसद्बाट पास भए नेपाल सिक्किमीकरण हुने ठोकुवा गरे । उनले पनि एमसीसी सम्झौता राष्ट्रघात भएको जिकिर गरे ।