बुटवल उद्योग बाणिज्य संघमा फर्निचर समिल बस्तुगत समिति गठन

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फर्निचर समिल बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले नरबहादुर श्रीसको सभापतित्वमा फर्निचर समिल बस्तुगत समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा साबित्रा टण्डन, सचिवमा नेत्रबहादुर रुचाल, कोषाध्यक्षमा बुद्धबहादुर सारुलाई चयन गरिएको छ । त्यस्तैगरी समितिको सदस्यहरुमा कृष्णप्रसाद श्रेष्ठ, सुन्दर भुसाल र विष्णु भसाललाई चयन गरिएको छ । त्यसैगरी समितिको सल्लाहकारमा नरेशकुमार श्रेष्ठ, बोनिन पिया, सुरेन्द्र ज्ञवाली र जीवकान्त काफ्लेलाई चयन गरिएको छ ।

कार्यक्रम संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षता र फर्निचर समिल बस्तुग समितिका समन्वयकर्ता संघका कार्यसमिति सदस्य नरेशकुमार श्रेष्ठको समन्वयमा भएको थियो । कार्यक्रममा बोल्दै उद्योग उपाध्यक्ष गैरेले बस्तुगत समितिका व्यबसायिका समस्या पहिचान गरेर संघमा सुझाव दिन आग्रह गर्नुभयो ।