देशको प्रधानमन्त्री बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?: डिला संग्रौला

प्रकाशित मिति:

बुटवल । निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन् । साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्ने पालमा न्याय मर्यो,न्याय बिकी सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’ मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज जाग्नैपर्छ  निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् । सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् । ‘दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? उनको प्रश्न छ  काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।

प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?उनको प्रश्न छ । संबिधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ । सरकारले प्रेस स्वतन्त्रता,न्याय पालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबि छ । अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् । कांग्रेस बलियो बनाउने पांचवटा सुत्र स  कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी उनले कांग्रेसलाइ ५ वटा सको आबश्यकता रहेको बताइन् । सडक,सदन,सत्याग्रह संगठन र सहमति नै कांग्रेस बलियो बनाउने सुत्र भएको उनको जिकिर छ । पार्टीमा उमेर हदबन्दी जरुरी नरहेको उनको भनाइ छ । उनले भनिन्  उमेर ठूलो कुरा होइन,बिचार र नेतृत्व ठूलो कुरा हो । सोहि कार्यक्रममा क्लवले मानव अधिकार तथा शान्ति समाजमा निर्वाचित केन्द्रिय बरिष्ट उपसभापति गोबिन्द खनाल र केन्द्रिय सदस्य मिना ढकाललाइ पनि सम्मान गरिएको थियो । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए