पश्चिम नवलपरासीमा ३७ लाख ३० हजार मुल्यको अवैध हरियो मटर बरामद

प्रकाशित मिति:

प्रकाश न्यौपाने 

भदौ २८ गते 

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले  ट्रक र पिकअपसहित ३७ लाख ३० हजार मुल्य बराबरको अवैध हरियो मटर ९केराउ० बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका–१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९० हजार र ट्रकको अन्दाजी मुल्य १० लाख गरि २८ लाख ९० हजारको रहेको डिएसपी लामाले बताउनुभयो । यस्तै ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले सुस्ता गाउँपालिका–३ फेचुवा पुलबाट लु १ च ७६०८ नम्बरको पिकअप गाडिलाई चेकजाँचका क्रममा एक सय २० बोरामा अन्दाजी ३० क्विन्टल हरियो मटर फेला पारेको छ । बरामद मटरको अन्दाजी मुलय २ लाख ४० हजार र पिकअप गाडिको अन्दाजी मुल्य ८ लाख ४० हजार बराबर रहेको जिल्ला प्रहरी कार्य पश्चिम नवलपरासीले जानाकारी दिएको छ ।