जसले संकटमा अर्घाखाँचीको नेविसंघ जोगाए

प्रकाशित मिति:

अर्घाखाँची – मुलुकमा सशस्त्र द्धन्द्धको बेला तत्कालिन विद्रोहीले संसदीय दलका गाउँमा गतिविधि गर्न दिएका थिएनन् । कांग्रेस, एमाले लगायत दलका कार्यक्रम गाउँमा प्रायः हुने थिएनन् । डर, त्रास थियो, सबै पाटीका नेताहरु शहरमा बस्न बाध्य थिए । कोही विस्थापित थिए ।

संकटको बेला पनि निडरका साथ गाउँमा पुगेर नेपाल विद्यार्थी संघको संगठन निर्माण गर्ने युवा नेता हुन, छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगञ्जका प्रकाशचन्द्र भट्टराई । संकटको बेला गाउँमा पुगेर कांग्रेस नेता कहाँ पुग्ने, नेविसंघ गठन गर्ने काम गर्दा प्रकाशचन्द्रले चुनौती खेपेका थिए । दुई कार्यकालसम्म नेविसंघको जिल्ला अध्यक्ष भएका उनले कांग्रेसको १४ औं महाधिवेशनमा छत्रदेव गाउँपालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बहुसंख्यक युवा सहित पाका कांग्रेसजन भट्टराइको उम्मेदवारीले खुसी भएका छन् । संकटको बेला गाउँमा पुगेर कांग्रेस नेता कहाँ पुग्ने, नेविसंघ गठन गर्ने काम गर्दा प्रकाशचन्द्रले चुनौती खेपेका थिए ।

दुई कार्यकालसम्म नेविसंघको जिल्ला अध्यक्ष भएका उनले कांग्रेसको १४ औं महाधिवेशनमा छत्रदेव गाउँपालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बहुसंख्यक युवा सहित पाका कांग्रेसजन भट्टराइको उम्मेदवारीले खुसी भएका छन् । द्धन्द्धको बेला कांग्रेस पाटीको झण्डा गाडीमा राखेर गाउँ उनी हरेक चुनौती सामना गरेर कांग्रेस नेता कार्यकर्ता भेटघाट र नेविसंघको संगठन निर्माणमा अनवरत अहोरात्र खटेकाले, पछिल्लो समय कांग्रेस संगठन मजबुद बनाउन खेलेको भूमिकाले आफुले भरसक सर्बसम्वत नभए चुनाव भए पनि जित्ने भट्टराइको दावी छ । उनले पाटीलाई सीमित घेराभित्र राखेर होइन, कोठे राजनीति गरेर हुँदैन, जनतामा गएर पाटी निर्माण गरी युवालाई अवसर र अग्रजलाई सम्मान गरी आफुले छत्रदेवको पाटी हाँक्ने बताए ।

अब पाटी डायनामिक तरिकाले पाटी सञ्चालन गर्नुपर्ने उनको तर्क छ । सबैलाई सम्मान गर्दै सबैं कांग्रेसजनको परामर्शमा छत्रदेव कांग्रेसलाई सशक्त रुपमा अगाडी लैजाने भट्टराइले बताए । उनी यस क्षेत्रको प्रभावशाली, लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । कांग्रेसका १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन सम्पन्न भएको छ । २७ गते गाउ“ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।@jananikhabar.com