नवलपरासीमा अवरुद्ध भएको राजमार्ग सुचारु

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भाद्र ३०
नवलपरासी । पश्चिम नवलपरासीमा अवरुद्ध भएको पुर्व पश्चिम राजमार्ग संचालनमा आएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने पश्चिम नवलरासीको सुनवल ४ स्थित तुरियाखोला पुल संचालनमा आएको छ ।   गत भाद्र १० र ११ गतेको अविरल बर्षा पछि आएको बाढीले पुलमा क्षति पुगेपछि अवरुद्ध भएको सवारी अवागमन आज बुधबार देखी फेरी संचालनमा आएको हो । बाढीले पुलमा क्षति पुगे पछि बेलिव्रिज निर्माण गरीएको थियो । बुधबार सडक डिभिजन कार्यालय बुटवलबाट डिभिजन प्रमुख जयलाल मरासिनीको प्राविधिक टोलिले पुलको निरीक्षण तथा अनुगमन गरे पछि सवारी आवागमन सुचारु गरिएको हो । डिभिजन प्रमुख मरासिनीका अनुसार २० टन भन्दा बढि भार भएका हेवी मालवाहक सवारीलाई भने पुलमा आवत जावतमा रोक लगाइएको बताउनु भयो । वाढीले पुलमा क्षति पुराएपछि सवारी आवागमन अवरुद्ध हुदा पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले भुमही-भैरहवा सडकखण्ड तथा भित्री सडकको प्रयोग गर्नु बाध्यता रहेको थियो । पुल बनेसङ्गै बुधबार देखी भुमही भैरहवा सडक खण्डको प्रयोग गर्नु पर्ने बध्याताको अन्त्य भएको छ ।