कलाकारहरु आफ्नै युट्युब च्यानलमा आफ्ना सामाग्री प्रसारण गर्ने लहर :सक्किगोनि आफ्नो च्यानलबाट प्रसारणमा आयो

प्रकाशित मिति:

सुदीप गौतम। बुटवल- पछिल्लो समयमा कलाकारहरुले आफ्ना सामाग्री आफ्नै युट्युब च्यानल मार्फत प्रकाशन गर्ने लहर चलिरहेको छ। कुनै समय नाम चलेका युट्युब च्यानलमा अहिले मुस्किलले भिडियो अपलोड हुने गरेको छ। यसै बिच हिमालय टेलिभिजनमा बिहीबार राती ८ बजे र राती ९ बजे ओएस आर डिजिटल बाट युट्युबमा प्रसारण भैरहेको लोकप्रिय हास्य सिरियल ूसक्किगोनिू ले आफ्नो ५२ भाग सम्मको डिजिटल सम्झौता पुरा भैसकेपछि सम्झौता न थपेर ओएस आर डिजिटल संगको सहकार्य तोडेको छ। तर टेलिभिजनमा भने कुनै फेरबदल गरिएको छैन।

सक्किगोनिले आफ्नै युट्युब च्यानल जेपीटि क्रियशन अफिसियल मार्फत ल्याउन लागेको केहि दिन अगाडी कलाकार एबम निर्देशक कुमार कट्टेल जिग्रीले फेसबुक पोष्ट मार्फत जानकारी दिएका थिए। कुमारले भने हामीसंग ५२ भाग संगको सम्झौता थियो तैपनि ६० भागसम्म ओएस आर डिजिटल बाट नै प्रसारणभयो। तर अब टिमबाट पनि आफ्नै च्यानलबाट ल्याउने कुरा भएपछी हामीले त्यो निर्णयगरेका हौ। उनले भने। नया भाग पनि नया युट्युब च्यानल बाट प्रसारण भएको छ। हिजोको एपिसोडमा सामाजिक कथाबस्तुको आधारित कथा प्रस्तुत गरिएको थियो। दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ। धेरै दर्शकलाई भाबुक पनि बनाएको थियो।

अन्य कलाकारहरुको सामाग्री पनि आफ्नै युट्युब च्यानलबाट
आफ्नै च्यानलबाट आएपछि आम्दानीको बाटो पनि हुने भएकाले प्राय कलाकार आफ्नै युट्युब च्यानल खोल्न तर्फ आकर्षण बढेको छ। च्यानल खोलेपछि केहि मापदण्ड युट्युबले कायम गर्छ त्यो पुरा गरेपछि च्यानल मोनिटाईज भैसकेपछि आम्दानीको बाटो सुरु हुन्छ भ्यूजको आधारमा। त्यसैले पनि होला यस तर्फ आकर्षण बढ्दो छ हाम्रा कलाकर्मीहरुको। गायिका टिका सानु ,राजू परियार ,प्रकाश सपूत लगायतका कलाकारहरुले राम्रै आम्दानि गरिरहेका छन।

अब हास्यकलाकारहरुको कुरा
हास्यकलाकारहरु को सुरुवामा कुरा गरौ अग्रज कलाकार मह जोडीबाट मह जोडीको पुरानो प्रस्तुती , टेलिचलचित्रहरु पुन आफ्नो च्यानलमा अपलोड गर्दै गैरहेका छन। भ्यूज संगै दर्शको प्रतिक्रिया पनि राम्रै पाईराखेको छ। यस्तै हास्यकलाकार जितु नेपालले पनि आफ्नो टेलिभिजन कार्यक्रम नेपाल टेलिभिजन संगै मुन्द्र्को कमेडी क्लब सिजन २ आफ्नै युट्युब च्यानल जितु कमेडी नामक च्यानल बाट अपलोड गर्छन। हास्यकलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ मरिचमान श्रेष्ठ बल्छी धुर्बेले नेपाल टेलिभिजन र बल्छी धुर्बे नामक च्यानलमा हल्का रमाईलो प्रशारण गर्छन यस्तै राजु पौडेलले जुठे नामक सामाजिक टेलिचलचित्र आफ्नै च्यानल बाट प्रकाशन गर्छन। आशा खड्काको भुन्टी ,कान्छी ,बेगम नेपालीको गाह्रो छ हौ सिरियल त्यसै गरि चिरन्जिबी पुडासैनी धतुरेले क्या जमाना आ नामक सिरियल आफ्नै च्यानलबाट बाट पनि प्रसाराण गरिरहेका छन।