सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

प्रकाशित मिति:

१ असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ । आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।

बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।