अर्घाखाँचीमा बलात्कारको अभियोगमा एक जना प्रक्राउ

प्रकाशित मिति:

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ सिमलपानी हिटनटोला बस्ने वर्ष ४० का राजु भन्ने देव वहादुर सुनाखरीलाई प्रहरी बलात्कारको अभियोगमा प्रक्राउ गरेको छ । सितगंगा नगरपालीको स्थानिय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने वालिका स्कुल सकिएपछि घर फर्किने क्रममा बुधवार शीतगंगा नगरपालिका वडा नं १३ थाप्लेवारी भेँडामारे भन्ने स्थानमा वलात्कृत भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

सधै छोरी ३ बजे तिर घरमा आईपुग्थिन तर त्यसदिन बेलुका सम्म छोरी घरमा आईनन्,खोजतलासको लागी गाँउतिर जादा वालिका रुँदै रुँदै घर तिर आउदै गरेको भेटिएको बालीकाका बुवाले भन्नुभयो । हामीले छोरी संग सोधपुछ गर्दा र शरिर चेकजाँच गर्दा छोरीको यौनी बाट रगत बगेको भेट्यौ त्यसपछि छोरीको बलात्कार भएको बुझी तत्काल प्रहरीलाई खवर गर्यौँ बुवाले थप्नुभयो । अभियुक्तले गल्ती गरेको स्वाकार गरीसकेकाले कानुन अनुसार कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रमुख मल्लले जानाकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिडित वालिकाको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको छ । घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँची बाट म्याद थप भएको जनाईएको छ ।