रेन्बुकाइ करांतेको जिल्लास्तरिय सेमिनार र नारी आत्मसुरक्षा प्रशिक्षण

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल रेन्बुकाइ करातेको जिल्ला स्तरिय सेमिनार एवं नारी आत्म सुरक्षा प्रशिक्षण कार्यकम सञ्चालन भएको छ । नेपाल रेन्बुकाइ कराते डो एशोसिएसन रुपन्देहीको आयोजनामा तिलोत्तमाको नमस्ते एकेडेमीमा कार्यक्रम भएको हो । सेमिनारको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरेले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले रेन्बुकाइ कराते खेलको विकासका लागि आगामि दिनमा बजेट छुट्टाउने र स्थानीय सरकारकोतर्फबाट भरपुर सहयोग रहने बताए । सेमिनारमा सहभागी १५० भन्दा बढी खेलाडिलाई । नेपाल रेन्बुकाइ कराते डो एशोसिएसनका केन्द्रीय अध्यक्ष रेशम लामा,हिरादेवी राई,सुस्मिता गुरुङ लगायतले प्रशिक्षण दिएका छन् । उद्घाटन कार्यक्रम । नेपाल रेन्बुकाइ कराते डो एशोसिएसन रुपन्देहीका अध्यक्ष प्रेम जीएमको अध्यक्षताउपाध्यक्ष सुवास परियारको सवागत र सचिव युवराज पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो । सेमिनार तथा प्रशिक्षण शनिबार लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रम रहेको जिल्ला अध्यक्ष प्रेम जीएमले बताए ।