सातौँ संबिधान दिवश र शुभकामना

प्रकाशित मिति:

रचना पाण्डे – नेपालको इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संबिधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम रास्ट्रपति रामबरण यादबले “नेपालको संबिधान २०७२” लाइ हस्ताक्षर गरि अनुमोदन गरेसंगै जनताले चुनेका जनपर्तिनिधि मार्फत संबिधान बनाउने ६५ बर्ष पुरानो जनताको आकांक्षा साकार भएको आज ६ बर्ष पुरा भएको छ ।

हजारौ नेपालीहरुको बलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संबिधान २०७२ साच्चै नै फलदाई अनि सुभ साबित भएको छ । संबिधान दिवसको अबसरमा प्रात: स्मरणीय सहिदहरुमा कृतज्ञतापूर्ण श्रद्धाञ्जली,देश र जनताको हितमा सबैमा सुख ,शान्ति ,प्रगति र सम्वृद्धिको कामना गर्दछु । सबै प्रेरणाश्रोतरुमा आभार शान्ति भाइचारा र एकतामा कटिबद्ध भै संबिधान जारी गर्न गरीमा बढाउन र कार्यन्वयनमा मद्दत गरी सुशासन सम्वृद्धि पथमा देशलाई डोर्याउने हात र साथलाई नमन छ ।विश्व मानचित्रमा आजको मितिसम्म अधिकांश समुन्नत राष्ट्रहरु संवैधानिक तर्कहरूमा एकै पटकमा सर्व-सहमतिमा पुगेका हैनन्, कुनै कुरा आफैमा सधै पूर्ण हुदैन, त्यसलाई समयानुकूल देश र जनताको हितको लागी संसोधन गर्दै लानुपर्छ भन्ने कुरा आज यसै संबिधान अनुसार कुर्चीमा पुगी कालो दिवस भन्दै उफ्रिनेहरुमा चेत आओस,सबैको साझा उपलब्धि तथा देश स्थिरता तर्फ लाग्ने संबिधान दिवसलाई भब्य रुपमा सफल पारौ राष्ट्रिय जीवनको प्राण हो संबिधान,सम्पूर्ण नेपालीको समर्पणहरुको प्रतिबिम्बित संविधान सभाबाट निर्मित संविधान नेपालको सम्बृद्धिको कारक बनिरोहहोस् ।

सानो दुखले राजतन्त्र ढलेर गणतन्त्र आएको होइन, नँया संविधानको मर्म र भावना अनुसार राज्यसत्ताका संरचनाहरु चल्नुपर्दछ,व्यस्तता बदलिएसंगै जनताको जीवन व्यवहारमा परिवर्तनको अनुभूति गराउन सक्नुनै संबिधान दिवस मनाउनुको सार्थकता रहन्छ । नेपाली जनतामा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् । यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् ।कुनै दल वा समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं । बिधीको शाषन होस्, बिधी अनि न्याय सरोवर होस् । गरि खान पाइयोस्, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरु माफिया तन्त्रवाट माथि होस् ।

सबैको एउटै आवाज होस् मेरो नेपाल प्यारो छ, सबैको एउटा भावना आवोस , जननी जन्म भुमिस्च स्वर्ग दपि गरियसी…..

व्यवस्था फेरियो,
सोच फेरियो,
संबिधान र एकता दिवसको तिथि मिति फेरियो,
राजा फेरियो,
दरबार फेरियो,
सिंहदरबार गाउँगाउँमा फेरियो,तर
भ्रस्टाचार र दलाल त्यहि,
कुसंस्कार र चाकरी प्रथा त्यहि,
सर्वहारा र मालिक त्यहि,
स्यालले बाघको चोला ओडेर के हुन्छ?आखिर प्रवृति छ त्यहि,
हामी चाहन्छौ,
प्रवृति फेरियोस,
सहज शिक्षा, स्वास्थ्य, रोजगार फेरियोस ,
गरिबी नाघेरियोस,
धर्म संस्कृति नबेचियोस !

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति , सुशासन,विकास र समृद्धि हासिल गर्दै नेपाललाई लोक कल्याणकारी राज्यको रूपमा स्थापना गर्न संघीयता कार्यान्वयनमा देखिएको अन्योलतालाई पूर्ण रूप दिनुपर्छ।समृद्ध नेपाल, सुखी नेपाली हासिल गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकहरूको उचित कार्यान्वयन गर्न एेन कानूनको निर्माण गर्नुपर्छ र प्रतेक नागरिकलाई कर्तव्यबोध गराउनु पनि आव्शयक देखिन्छ।संविधानको मुल मर्म बुझेर संविधान कार्यान्वयन गर्न आजको यस संविधान दिवसले सबैलाई एकतामा बाधेर देशमा दिगो विकास तथा समृद्धि हासिल गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिन चाहान्छु।