पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मणिग्राम, आश्विन ३, आइतबार । रूपन्देहीको मणिग्रामस्थित क्यू।ए।ए। प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम।बी।एस।का विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एम।बी।एस। कार्यक्रम कार्यक्रम संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताउनुभयो ।

मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा एम।वी।एस। कार्यक्रम प्रमुख राजेन्द्र थापामगर, व्यवस्थापन संकाय प्रमुख खुमकान्त पाण्डे, डा। अशोक भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा एम।वी।एस। पहिलो सेमेष्टरका ७६ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, नरेश भण्डारी लगायतले बोल्नुभएको थियो भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।