‘जनगणनामा कोहि थारु छुट्नु हुदैन’ : थाकस केन्द्रीय सदस्य जंजिर

प्रकाशित मिति:

कपिलबस्तु ३ असोज । थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले सरकारले जारी गर्दै गरेको जनगणनामा कोहि थारु छुट्नु हुँदैन भनेका छन् । जिल्लाको गोरुसिंगेमा शनिबार आयोजित एक कार्यक्रममा थारुले उलने यस्तो बताएका हुन् । थाकस कपिलवस्तु जिल्ला कार्य समितिले आयोजना गरेको १२अौँ राष्ट्रिय जनगणना जनचेतना तथा प्रशिक्षण र थाकस नगर कार्य समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको विपक्षी भएर पनि होइन नभएर होइन सहि र गल्त ठम्याएर थाकस अगाडि बढ्को उनले बताए । सरकारले तयारी गरेको जनगणनाबारे स्थानीय थारु अगुवाहरु सचेत भई गणनामा सहभागी हुनु जरुरी रहेको थारुले जनाए । पछिल्लो समय यता थारु भएर पनि गणना गर्न आनाकानी भएको बताउँदै थारु समुदायको जनसंख्या कम देखिनु दुःखद रहेको बताए । थारु समुदायमा राजनीतिक खिचातानीले गर्दा समुदाय एकरुपता नभएको जनाउँदै भाषा, धर्म, थर र लिंगको रुपमा विभेद नभई सद्भभाव कायम गराउन सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्न महत्त्वपूर्ण रहेको सदस्य थारुले जानकारी दिए । थारुहरुको विभिन्न थर मध्ये सबैका पछाडि थारु जोड्न र सत्य तथ्य विवरण गणकलाई टिपाई दिनुपर्नेमा उनले जोड दिए ।

थाकस केन्द्रीय सदस्य सुमित्रा थारुले हाल हुँदै गरेको जनगणनामा वास्तविक थारुको अस्तित्व झल्किने पहिचान जोगाउन आग्रह गरिन् । थारु बाहुल्य भएको क्षेत्रमा थारु गणक पठाउन माग राख्दै थारु अन्तर्गत भएका कुस्मी, रौतार, कठेरिया, दहित, महतो र गच्छदार लगायत लेख्नुको पछाडि अनिवार्य थारु लेखिदिन उक्त समुदायका सर्वसाधारण लगायत सरोकारवालहरुलाई उनले जानकारी गराईन् । थारु बौद्ध समाज कपिलवस्तुका अध्यक्ष जलेश्वर प्रसाद थारु समुदायका हरेक नागरिक अगुवाहरुले पछिल्लो समय हराउँदै गरेको अस्तित्व माथि खेलवाड भएको बताए । हालै सरकारले गर्न लागेको जनगणनामा थारु समुदायलाई सचेत रहन र सजग गराउने प्रतिबद्धता समेत जनाए । यसैबीच थारु कल्याणकारीणी सभा बुद्धभुमि नगर स्तरीय सन्तराम थारुको संयोजकत्वमा २१ सदस्यीय कार्य समिति गठन भएको छ । जसको सचिवमा शिव गुलाम थारु र कोषाध्यक्षमा शिवकुमारी थारु सर्वसहमत चयन भएको जिल्ला कार्य समिति सचिव जगतदेव थारुले जानकारी दिए । उक्त कार्यक्रम थाकस कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारुको अध्यक्षता, बुद्धभुमि नगर उपप्रमुख मिरा थारु, थाकस पूर्व केन्द्रीय सदस्य भोजराज थारु, थाकस महिला सभा केन्द्रीय सदस्य कमला थारु र थापस कपिलवस्तु जिल्ला सचिव सरिता थारु लगायत दर्जनौँ थारु अगुवाहरुको उपस्थिति रहेको थियो ।