पूर्वमन्त्री बिक्रम पाण्डे सहित २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा

प्रकाशित मिति:

काठमाडौ–सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पूर्व वन भूमिसुधारमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनी कालिका कनस्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमीतता भएको भन्दै आठ अर्ब रुपैयाँ भष्टाचार गरेको भन्दै अलग अलग विगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पाण्डे उक्त कन्स्ट्रक्सनका अध्यक्ष हुन्। अख्तियारले उनी विरूद्द २ अर्ब १३करोड ७६लाख रूपैयाँ विगो दाबी गरेको छ।

अख्तियारले सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो। गुणस्तरहीन कामगर्ने ठेकेदार कम्पनीका पाँच जनालाई पनि मुद्दा चलाइएको छ । सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।

पाण्डेसँगै सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना प्रमूखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दीलीप बहादुर कार्की र रमेश बस्नेत विरूद्द आरोपपत्र दायर गरेको छ। अख्तियारले सर्वदेव र सरोजविरूद्द बिगो नखुलाए पनि पण्डित विरूद्द ५९करोड ३५ लाख ५२ हजार रूपैयाँ , कार्की विरूद्द १ अर्ब ५६ करोड, बस्नेत विरूद्द २ अर्ब १३ करोड रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। आयोजनाको मुल नहर सुरु नहुँदै परीक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरी भत्किएको थियो