संबिधान दिवशको अवसरमा सरसफाई तथा दिप प्रज्वलन

प्रकाशित मिति:

बुटवल – यातायात व्यवस्था कार्यालय सवारी अनुमतिपत्र बुटवलद्वारा ७ औँ संबिधान दिवशको अवसरमा यातायात कार्यालय परिशरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।बिहानी प्रहरमा सम्पूर्ण कर्मचारीको सहभागीतामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।यातायात व्यवस्था कार्यालय सवारी अनुमतिपत्र बुटवलका कार्यालय प्रमुख तेज नारायण यादबको नेत्रुत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै साझपख कार्यालय परिसरमा दिप प्रज्वलन समेत गरिएको शाखा अधिकृत प्रदिप खनालले जानकारी दिनुभयो । साथै शाखा अधिकृत खनालले कार्यालय बाट हुने दैनिक सेवा प्रबाहलाई चुस्टदुरुस्ट बनाउन सम्पूर्ण कर्मचारी लागिपर्ने बताउनुभएको थियो ।कार्यक्रमको सम्बोधन गर्दै कार्यालय प्रमुख यादबले सम्पूर्ण कर्मचारीमा आभार प्रकट गर्दै शुभकामना आदानप्रदान समेत गर्नुभएको थियो । ठूलो त्याग र वलिदानपछि जारी भएको नेपालको संविधान- ०७२ को संरक्षण र विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनमा सबैको ध्यान जानुपर्ने भन्दै दीप प्रज्वलन गरिएको यादबले बताउनु भयो ।