परराष्ट्र नीतिमा ओली सरकार फेल भयो : डा. शेखर कोइराला

२१ मंसिर २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
174 Shares

File Image

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले परराष्ट्र नीतिमा ओली सरकार फेल भइसकेको बताएका छन्। शुक्रबार मोरङको विराटचोकमा आयोजित कार्यक्रममा डा कोइरालाले सरकारकार पराराष्ट्र नीतिमा फेल भइसकेको बताएका हुन्।सरकारका पछिल्लो गतिविधिले परराष्ट्र नीतिमा फेल भइसकेको पुष्टि गरेको कोइरालाले बताए। सरकारले संतुलित परराष्ट्र नीति लिन नसकेकै कारण चीन र भारतले समेत नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्न थालेको कोइरालाले दाबी गरे। कोइरालाले भने ‘सरकारका गतिविधिका कारण दुबै छिमेकीले नेपाल प्रति चासो र चिन्ता व्यक्त गर्न थालेका छन्।’

कोइरालाले सरकार आइएनजीओ सामु निरीह बनेर झुकेको आरोप समेत लगाए। उनले आइएनजिओ सामु निरीह बन्ने सरकारले देश चलाउन नसक्ने ठोकुवा गरे। दुई तिहाई बहुमतको आडमा बनेको सरकार भएकाले आफूहरूले हटाउन नसक्ने भए पनि आफ्नै गतिविधिका कारण सरकार संकट उन्मुख हुँदै गएको काेइरालाले बताए। ‘विमस्टेकको वेला ५ देशका सेनाको संयुक्त सैेन्य अभ्यास गर्ने विषयमा सहमति गरेको सरकारले सेना पठाउन नसक्नु, एउटा आइएनजिओसंग निरीह बनेर सहयोग गर्नु, प्रधानमन्त्रीले विना स्वीकृति विदेशी संस्थाको अवार्ड लिनुले सरकार परराष्ट्र नीतिमा फेल भइसकेको स्पष्ट हुन्छ’, कोइरालाले भने।

उनले जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्ट सरकार संघीयता असफल पार्न लागिपरेको आरोप पनि लगाए। प्रधानमन्त्रीले शक्ति आफू केन्द्रीत गर्नु, प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्नु, प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेका आयोजनाहरू पुनः संघीय सरकार मातहत तान्नुले सरकार संघीयता सिध्याउने खेलमा लागेको पुष्टि गरेकाे काेइरालाकाे दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…
  • डि भी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न