भवानी अधिकारी – स्याङ्जा : भदौको पहिलो साता लागु औषधसहित २ युवा पक्राउ परे। वालिङ् नगरपालिकाका १९ बर्षे नरेन्द्र रनपाल र ब्यास नगरपालिकाका २७ बर्षे शिव परियार रहेको प्रहरीले जानकारी गरायो।रनपाल स्याङ्जाका हुन भने परियार तनहुँका। उनीहरु दुवै जना लागु औषधसहित वालिङ्बाट भदौ ४ गते र ५ गते पक्राउ परेका हुन्। रनपालले बोकेको झोलामा डाईजेपाम २१ एम्पुल, नोफिम १९ एम्पुल र फेनारेगन २० एम्पुल र सुकेको गाँजा २५ ग्राम लागु औषध भेटिएको हो।यसैगरी, परियारबाट पनि डाईजेपाम १६ एम्पुल, नोफिन १७ एम्पुल र फेनरागन १७ एम्पुल फेला परेको प्रहरीले जानकारी गरायो।साउनमा पनि पुतलीबजारमा २ युवा लागु औषध सहित पक्राउ परेका थिए। पुतलीबजार नगरपालिकाका २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिकाका २२ वर्षीय अमुल परियारलाई पक्राउ परेका हुन। उनीहरु दुबै जना स्याङ्जाकै हुन। उनीहरुका साथबाट पनि यिनै प्रकृतिका लागु औषध भेटिए।शंकाष्पद अवस्थामा भेटिएका उनीहरुलाई सोधपुछ गर्दा लागू औषध सेवा गर्ने र बताएपछि उनीहरुका घरमा खोजतलासी गर्दा सुत्ने कोठामा राखेको व्यागमा दुईदुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज भेटिएको प्रहरी जनाएको छ।
यी त केबल प्रतिनिधी पात्र हुन्। यिनीहरु जस्तै धेरै युवाहरु लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ। केही बर्ष पहिला पनि धेरै ठूला मात्रामा लागु औषध पक्राउ पर्ने गरेको बताइएको छ। किलोको मात्रामा लागु औषध पक्रेको जानकारहरु बताउछन्।लागु औषध सेवन र ओसारपसारमा युवाको संख्या बढी छ। अधिकांशलाई यात्राका क्रममा सवारी साधनमा पक्राउ गर्ने गरिएको छ। स्याङ्जा खण्ड घुम्ति नै घुम्ति भएको घुमाउरो र सुरक्षित छ। यस मार्गमा अत्यन्त कम दुर्घटना हुन्छ। सवारी चाप पनि कम छ।लागू पदार्थ ओसारपसार भईरहेको भनी प्रहरीलाई दिइएको सूचनाको आधारमा ती युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘यिनीहरुले नेपाल—भारत सिमा नाकाबाट लागु औषध ओसार पसार तथा सेवनका लागी ल्याउछन्, अधिकांशले नवरपरासी, भैरहवा, सुनवल हुदै ल्याउने गरेका छन्।’
यी केवल पक्राउ परेका तथ्यांक मात्र हुन्। यी बाहेक प्रहरीका आँखा छलेर लानेको संख्या पनि उत्तीकै हुनसक्ने अनुमान गर्न सकिन्छ। अधिकांश यस्ता घटनामा सुराकीकै आधारमा पक्राउ परेको प्रहरीको स्रोतले देखाउछ। प्रहरीलाई सुराकी दिने पनि यिनीहरुकै साथसंगतका ब्यक्ति बढी हुन्छन्।सिद्धार्थ राजमार्गअन्तर्गत सुनौलीदेखि पोखरा लागुऔषध ओसारपासारको ट्रान्जिट बनेको छ। अधिकांश युवाहरु एकै प्रकृतीबाट लागु ओैषध ओसार पसारमा संलग्न देखिन्छन्। उनीहरुले पत्रिकाले बेरी टेपले यापिङ्गरी सुरक्षित किसिमले ल्याउछन्। यसरी लागु औषधको ओसार पसारमा कम उमेरका युवकहरु पनि रहेका छन्।यी सुनौली, बुटवल भैरहवावाट ल्याउदै गर्दा स्याङ्जाभित्र लागु औषधसहित पक्राउ पर्नेको केही उदाहरणीय तथ्यांक मात्र हो। कतिपय अवस्थामा प्रहरीले सुराकीको आधारमा र कहिलेकाही चेकजाचका क्रममा पनि जिल्लाभित्रैका पनि पक्राउ गर्ने गरेको छ।
पक्राउ परेका मध्ये ८० प्रतिशत १६ बर्षदेखि २४ बर्ष उमेरका छन्। पक्राउ पर्नेमा २ बर्षअघि १५ बर्षे नावालक र महिला पनि संलग्न देखिए। पक्राउ पर्ने मध्ये कतिपय आफै लागु औषधको दुब्र्यसनमा लागेका हुन्छन भने कतिपयले पोखरासम्म पुरयाउने काम गर्दे आएको जनाए।सुनौलीदेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग खण्डको ८२ किलोमीटर स्याङ्जामा पर्छ। अधिकांश लागु औषधका रुपमा प्रयोग हुने गाँजा, चरेस, चरेश जस्तो कालो पदार्थ, खैरोहिरोइन, डाइजाफाम, फेनाडागन, नुफिन, लुपेजिष्टीक, डाइजोपाम, इन्जेक्सन, फेनारगन, नुरफिन, ट्राजोल लगायतका बस्तुहरु अधिकांश सवारी यात्राकै क्रममा नै भेटिने गरेका छन्।पोखरा-सुनौली (भारतीय सिमाना जोड्ने) मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागुऔषध ओसारपसार गर्ने सजिलो मार्ग बनेको छ।लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने क्रम बढेको छ। लागु औषधमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न त सकेका छैनन्। तर, स साना कलिला युवाहरु लागु औषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ। पक्राउ पर्नेमा १५ बर्ष उमेरका (नाम गोप्य राखिएका) देखि ६० बर्षे चित्रबहादुर शाही सम्मका ब्यक्तिहरु लागु औषध कारोवारमा संलग्न देखिएको प्रहरीको तथ्यांकमा छ।