बोर्डर देखी समुदाय सम्म केआई नेपाल

प्रकाशित मिति:

बोर्डर देखी समुदाय सम्म केआई नेपालको सक्रियता मानब बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा कृयाशिल भएर काम गर्दै आएको सस्था केआईनेपालले सिमा निगरानी सङ्गै समुदायमा पनि कृयाशिल रुपमा काम गर्दै आएको छ । समुदायमा रहेका चेलिहरुलाई संगठित र एकतामा बाधी मानब बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागी समुदाय नै एक हुनुपर्छ भन्ने सोचले बिभिन्न कार्यक्रम गर्दै आएको छ । नेपालका बिभिन्न जिल्लाहरुमा समुह बाट सुरु गरिएका कयौ चेलि समुहहरु अहिले सहकारी मा दर्ता भैइ सक्रिय रुपमा काम गर्दै र अन्यायमा परेकाहरुलाई आवाज उठाउन सक्ने हुनुभएको छ ।

केआईनेपाल कपिलवस्तुलाई हेर्ने हो भने सामुदायिक कार्यक्रम अन्तर्गत बुद्धभुमी नगरपालिका ज्ञटिक्करमा बिभिन्न कार्यक्रमहरु सन्चलन गर्दै आएको छ । के।आई नेपालको सहयोगमा स्थापित श्री चेली कृषि सहकारी सस्था मा ४०० जना चेलिको सहभागिता रहेको छ सस्थाकी अध्यक्ष अरुणा श्रेष्ठ ले जानकारी दिनु भयो । श्रेष्ठ का अनुसार के।आई।नेपाल कै कारण खुलेर बोल्न र वकालत गर्न सक्ने हुन सकेकोमा गर्भ लाग्छ बताउनु भयो । सुरुमा सानो समुह बाट ४०० जना दिदि बैनिहरु एकता हुदा आज अचम्म सङ्गै खुसी लाग्ने बताउनु भयो । के।आई। नेपालको लगानीमा दर्जनौं कार्यक्रम ले हामिलाई अत्यान्तै उर्जा र बलियो बनाएको बताउनु भयो। समुदायमा चेलिहरुमा आएको परिबर्तन र मानब बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध आवाज उठाउन सक्नु र धेरै चेलिहरु बिभिन्न सिप सिकेर रोजगार हुदै जानु के।आई।नेपालको कुशल नेतृत्व र कर्मचारीको निरन्तर मेहनको फल रहेको र त्यो परिबर्तनले अत्यन्त खुसी लाग्ने के।आई।नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिनु भयो ।