कांग्रेस पदाधिकारी बैठकको निर्णय : ९ असोजका अधिवेशन यथावत

प्रकाशित मिति:

काठमाडौं, असोज ६ स् कांग्रेस पदाधिकारी बैठकले ९ असोजका लागि निर्धारित अधिवेशनहरू यथावत रहने बताएको छ ।सिंहदरबारमा सम्पन्न बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले निर्धारित अधिवेशनहरू यथावत् रहेको बताएका हुन् ।

उनका अनुसार क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी जिल्लाका समस्या समाधानको प्रयास सँगसँगै अगाडि बढाउने निर्णय भएको छ ।केन्द्रीय निर्वाचन समितिले अधिवेशनहरू सम्पन्न गराउने उनले बताए । सर्वसम्मत हुने ठाउँमा सर्वसम्मत र त्यसो हुन नसकेका ठाउँमा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार निर्वाचन सम्पन्न हुने उनले बताए ।