सत्यतथ्य नबुझेरै भ्यालीलाई बदनाम गर्न खोजियो : संचालक

प्रकाशित मिति:

काठमाडौं– कीर्तिपुर स्थित भ्याली इण्टरनेसनल कन्सल्टेन्सीका संचालकले कोरिया पठाउने नाममा विद्यार्थी ठगी गरेको भन्न आरोपको खण्डन गरेको छ।भ्यालीले केही व्यक्ति र संचार माध्यमले वास्तविकता नबुझी संस्थाको छबि धमिल्याउने नियतका साथ संस्थाको बदनाम गराउन खोजेको आरोप लगाएको छ । केही समय यता केही केही संचार माध्यममा भ्यालीले कोरिया पठाउने नाममा विद्यार्थीबाट लाखौं रकम उठाएर फिर्ता नदिएको भन्दै अफवाह फैलाइएको कन्सल्टेन्सीको गुनासो छ ।

कन्सल्टेन्सीका कोरिया विभाग निर्देशम धिरेन राईले दोस्रो लकडाउन अघि कोरियाको सियोलस्थित केसी युनिभर्सिटीमा भर्नाका लागि रकम पठाइएका एक विद्यार्थीले गलत सूचना दिएर मिडियामार्फत आफूहरुलाई बदनाम गराउन खोजेको बताए।

एक विद्यार्थिले आवेदनका क्रममा भ्यालीलाई नभई कोरियामा रहेका आफ्ना दाजुमार्फत सिधैं युनिभर्सिटीमै रकम बुझाएको र केसी युनिभर्सिटीले केही रकम काटेर फिर्ता गरिसकेको छ’ राइले भने, ‘रकम धेरै काटिएको भनेर हामीले युनिभर्सिटीमा कम्प्लेन गरेका थियौं, नियमानुसार काटेर बाँकी रकम फिर्ता गर्छु भनेको छ।’भ्याली कन्सल्टेन्सीका संचालक पदम योङहाङले आफूहरुले विद्यार्थीहरुसँग पैसा खाएको प्रमाणित गरेर देखाउन चुनौती दिए ।

‘युनिभर्सिटीबाट रकम फिर्ता ल्याउन कन्सल्टेन्सीले सहजिकरण गरिरहेको छ, आरोप लगाउने विद्यार्थीले कोरियामा नै रहेका आफन्तमार्फत सिधै विश्वविद्यालयलाई बुझाएको पैसा फिर्ता भै बाँकी रकम समेत कलेजले फिर्ता गर्ने प्रक्रियामा रहेका बेला भ्यालीलाई बदनाम गर्ने प्रयोजित उद्देश्यका साथ गलत समाचार फिजाउनु दुखद कुरा हो’ उनले भने।यस्ता अफवाहको पछि नलाग्न र कुनै शंका वा प्रश्न भएमा भ्यालीमा आए आफूहरु सबै पारदर्शी ढंगले बुझाइदिने निर्देशक राईले बताए । उनले संचार माध्यमले सत्यतथ्य बुझेर समाचार संप्रेषण गर्न आग्रह गरे।