चीनद्वारा नेपाललाई थप १ लाख डोज कोभिडविरुद्धको खोप सहयोग

प्रकाशित मिति:

काठमाडौं । चीनले नेपाललाई थप १ लाख डोज कोभिड–१९ विरुद्धको खोप सहयोग गरेको छ ।

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

चीनले क्याथे प्यासिफिकको विमानमार्फत १ लाख डोज खोप नेपाल पठाएको हो ।