पाण्डबखानीमा ईन्टरनेटको क्षमता संगै सेवाग्राही थपियो

प्रकाशित मिति:

सुरेश छन्त्याल / गलकाेट-गलकाेट जि लिङ्क डट कमले ईन्टरनेटकाे क्षमता बढाएको छ । गलकाेट नगरपालिका १० पाण्डबखानीमा २०७० सालमा ४ जना व्यक्तिबाट सुरु भएकाे ईन्टरनेट हालसम्म १०६ जना सेवाग्राही पुगेका छन् । पछिल्लो समयमा पाण्डबखानी लगाएत अन्य क्षेत्रमा ईन्टरनेटप्रति मानिसहरुकाे निकै चासो बढे संगै ईन्टरनेट जडान गर्ने व्यक्ति वा संघसंस्थाहरु दिन प्रतिदिन थपिदै गएकाे भन्दै १० mbps बाट २० mbps काे क्षमता थपेकाे गलकाेट जि लिङ्क डट कम गलकाेटका संचालक प्रमुख डम्मर केसीले जानकारी दिनुभयाे ।

अनलाइन कलासकाे लागि ईन्टरनेटबाट विशेषगरी विद्यार्थीहरु लाभान्वित बनेका छन् साथै सहकारी संस्था, विद्यालय, विभिन्न क्षेत्रमा ईन्टरनेटकाे आवश्यकता रहेकाे भन्दै पाण्डबखानीमा प्राय घरहरुमा टिभी हेर्न छाेडेर ईन्टरनेट जडान गर्ने क्रम बढेकाे गलकाेट जि लिङ्क डट कम पाण्डबखानीका प्रतिनिधि दिप घर्तिले बताए । साथै गलकाेट जि लिङ्क डट कमका प्रमुख डम्मर केसी, गलकाेट जि लिङ्क डट कम पाण्डबखानीका प्रतिनिधि दिप घर्ति, अप्रेटर राजु काउचा, सुरेश छन्त्याल, रामु राना, अर्जुन केसी लगाएतकाे सहभागीता भएको छलफलमा प्रत्येक महिनाकाे १ गतेदेखि ५ गतेसम्म इन्टरनेट शुल्क उठाउने निर्णय साथै प्रत्येक सेवाग्राहीहरुलाइ ग्राहक सेवा कार्डकाे व्यवस्था गरिएकाे छ। गलकाेट हटियाबाट सेवा विस्तार भएता पनि पाण्डबखानीमा नै कन्ट्रोल बक्स राखिएकाे हुदा इन्टरनेटमा केही समस्या देखिएमा तत्कालै समस्याको समाधान हुने गरेकाे छ ।