लेखक सरिता अर्यालको पुस्तक को बुटवलमा समिक्षा

२१ मंसिर २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


लेखक सरिता अर्यालको पुरुष कथा संग्रहबारे बुटवलमा समिक्षा गरिएको छ । रेडियो जागरण बुटवल र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा बुटवलका लेखक, साहित्यकार, अधिकारकर्मी एंव पत्रकारहरुका विच पुस्तकले समेटेको कथा र बिषयका बारेमा चर्चा गरिएको हो । कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यर्थाथ कथालाई समटेकी छन । कार्यक्रममा बोल्दै लेखक सरिता अर्यालले समाजमा जे देखियो त्यहि कथालाई पुरुषमा समावेश गरिएको बताईन । उनले आफू पत्रकारिताको पृष्ठभूमीबाट आएकाले पुरुषमा लेखिएका कथाहरु यर्थाथ घटनामा आधारित रहेर लेखिएको बताईन । उनले आफूले अर्को कृति प्रकाशन गर्ने वाचा पनि गरिन । परिचर्चा कार्यक्रममा पूर्व सभाषद एंव रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले पत्रकारितामा लामो समयको अनुभवपछि साहित्य मार्फत समाजका समस्या र विकृति ल्याउने प्रयास गरेको भन्दै लेखक अर्यालको सराहना गरेका थिए । उनले पुरुष नेपाली समाजमा नारीहरुले भोगेका समस्या र यर्थाथ घटनामा केन्द्रीत कृति भएकाले यस्ता कृतिलाई पाठकहरुले पढ्नुपर्ने बताए । कार्यक्रममा पुरुष कथासंग्रह माथि साहित्यकार एंव लेखक ऋषि आजादले टिप्पणी गर्दै यसले नेपाली समाजमा नारीहरुले भोग्नुपरेका समस्या र पुरुषले गरेको दमनका बारेमा ब्याख्खा गरिएको बताए । उनले पुरुष कृतिले यौन बिषयलाई केन्द्रमा राखेर केही अपराधि पुरुषको डरलाग्दो षडयन्त्र र यौनशोषणको पर्दाफास गरेको उल्लेख गरे । गिरी श्रीषले पागल पुरुषसत्ताका कारण महिलाहरुले भोग्नुपरेको समस्या उजागर कृतिले गरेको बताए । तर उनले साहित्यलाई ऐनाको रुपमा मात्रै नभई बत्ती बन्नुपर्ने बेला आएको टिप्पणी गरेका थिए । पत्रकार एंव बुटवल साहित्य परिषदका अध्यक्ष दीपक ज्ञवालीले २३ अंकमा ब्याख्या गर्दै समाजको चित्र पुस्तकमा भेटिएको बताए । अर्का समिक्षक मिनांक्षी न्यौपानेले पुस्तक किशोरीहरुलाई जन्म दिनमा उपहार दिने खालको रहेको बताईन ।साहित्यकार एंव लेखक दीपक विश्वकर्माले कुनै बेला जीवनको उर्जाशिल समय प्रवासमा विताउनुपरेको भन्दै साहित्यले समाजलाई परिवर्तन गराउने बताए । पत्रकार विनोद परियारको सञ्चालनमा भएको पुस्तक समिक्षा कार्यक्रममा बुटवल क्षेत्रका साहित्यकार, अधिकारकर्मी, पत्रकार तथा विद्यार्थीहरुको सहभागिता थियो । अर्याल २०५४ सालदेखि पत्रकारिता र लेखनकार्यमा क्रियाशिल छिन । पुरुष कथा संग्रहको दोस्रो संस्करण प्रकाशन भई बजारमा आएको छ । अर्यालले यसअघि फर्केर हेर्दा नामक कृति प्रकाशन गरिसकेकी छन । पुस्तक बिएन पुस्तक संसारले प्रालीले बजारमा ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया