अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमै कमल :मेरी हुन नसकेकी मायालु गीत बजारमा

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल –हरेक नेपालीको लागी सपनाको सहर अमेरिका। अमेरिका जानको लागि धेरैको सपना हुने गर्दछ। अमेरिकामा रहेका नेपाली कलाकारहरुको लिष्ट तयार पार्ने हो भने त सायदै सकिएला। नेपाल बाट अमेरिका गएका कलाकारहरु आफ्नो व्यवसाय संगै कलाकारिता पनि गर्दै आईरहेका छन भने कोहिले चटक्कै बिर्सिए पनि। अमेरिकाको व्यस्त समयका कारण पनि कलाकारहरुले खासै समय दिन पाउदैनन।

नेपालमा बढ्दो राजनितिक अस्थिरता र कलाकारितामा पनि बढ्दो प्रतिस्पर्धा र आफ्नै व्यक्तिगत कारण धेरै नाम चलेका कलाकारहरु अहिले अमेरिका लगायत अन्य ठाउमा जान बाध्य छन। तर पनि जहाँ भएपनि केहि न केही संगीतको माध्यमबाट आफ्नो कर्मलाई भने छाडेको देखिदैन। आज हामी लोक दोहोरी गायक कमल खनालको बारेमा कुराकानी गर्दै छौ। कमल नेपाली लोक दोहोरि क्षेत्रमा चर्चीत गीत जन्माउने गायक तथा श्रजकको रुपमा चिनिन्छन। कमल केहि समय यता देखि अमेरिकामा बसोबास गर्दै आईरहेका छन। राजू परियार र बिष्णु माझीको आवाजमा रहेको चर्चित गीत डाली पलायो तर माया पलाईन ,मायामा ऋण लाग्यो ,पर्खि नबसे लगायतका गीतहरु निकै लोकप्रिय छन। अझै पनि। अमेरिकामै रहेर पनि आफ्ना शृजनाहरु निरन्तर दीइरहेका छन कमलले।

आफू लोक दोहोरी विधाको भएपनि आधुनिक गीत पनि उत्तिकै मिठो बनाउछन कमलले। अञ्जु पन्त देखि रचना रिमाल र प्रविण बेड्वालको आवाजमा गीतहरु यस अघि बजारमा आईसकेका छन। यो पटक पनि रचना रिमाल र प्रविन बेड्वालको आवाजमा मेरी हुन् नसकेकी मायालु तिम्रो तस्बिर काफी छ नामक गीत भर्खर मात्र आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन। गीत एकदम मार्मिक रहेको छ। गीत रिलिज भैसकेपछि दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको छ। गीतमा कमल आफैले शब्द र संगीत गरेका छन भने मनोज खडकाले एरेन्ज गरेका छन। गीतको सफलताको शुभकामना हाम्रो तर्फबाट