नेपाली कांग्रेस बाणगंगा वडा ८ मा अधिवेशन सम्पन्न, जगन्नाथ भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

प्रकाशित मिति:

कपिलबस्तु ९ असोज । नेपाली कांग्रेसको १४ महाधिवेशन बाट जगन्नाथ भण्डारीको नेतृत्वमा २१ सदस्य बाणगंगा नगरपालिका वडा नं–८ को वडा समिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपसभापतिमा रुक्मागत पन्थी, उपसभापतिमा सालिकाम भुसाल, सचिवमा राजु अधिकारी, ज्योतिलाल पाण्डे, सह–सचिवमा कमल सिह थारु, काशिराम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा शेषकान्त गैरे, खिमानन्द अर्याल, डिलाराम पौडेल, कुलमणि खरेल, नोखै प्रसाद थारु, टोमलाल भट्टराई, कमल पोख्रेल, राम बहादुर भुसाल, नवराज न्यौपाने, हरिकला पौडेल, कमला खनाल, कमला क्षेत्री, मंगली थारु, लाटे थारु निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै क्षेत्रीय प्रतिनिधीमा (खस अर्या) तर्फ हिमलाल पौडेल, रविराज अचार्य, गिरिराज पौडेल, सुमित्रा पौडेल (महिला), कमला पोख्रेल (महिला), त्यस्तै क्षेत्रीय प्रतिनिधी आदिवासी जनजाति महिला तर्फ सरिता थापा, क्षेत्रीय प्रतिनिधी मधेशी तर्फ विष्णुमाया कोहर, क्षेत्रीय प्रतिनिधि थारु तर्फ सिता थारु, दान बहादुर थारु, रामबली थारु, संक्रान्ती थारु, जानकी देवी चौधरी, क्षेत्रीय प्रतिनधी मुस्लीम तर्फ सजिरन मिया, क्षेत्रीय प्रनिनिधी अपाङ्गता तर्फ कृष्ण प्रसाद न्यौपाने सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् ।


नेपाली कांग्रेस कपिलबस्तु जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं. १ (क) बाणगंगा नगरपालिका वडा ८ अधिवेशनमा क्षेत्रीय प्रतिनिधी खुल्ला पुरुष तर्फ, क्षेत्रीय प्रतिनिधी खुल्ला महिला तर्फ र क्षेत्रीय प्रतिनिधी आदिवासी जनजाति पुरुष तर्फको पदको लागि सहमाति हुन नसकेपछि चुनाव गरिएको थियो । निकै सहमातिको प्रयश गर्दा गर्दै पनि सहमाति हुन नसकेपछि अन्तत चुनावी प्रक्रियाबाट निर्वाचन गरिएको हो । १४ औं महाधिवेनका लागि सम्पन्न निर्वाचनमा पुरुष तर्फ शुक्रबार राती सम्पन्न चुनावी प्रक्रियाबाट पुरुष तर्फ १७ पदको लागि २१ जनाको उम्मेद्वारी, महिला तर्फ ७ पदको लागि १० जनाको उम्मेद्वरी रहेको थियो भने, आदिवासी जनजाति तर्फ १ पदको लागि २ जनाको उम्मेदवारी परेको थियो ।


जसमा पुरुषतर्फ क्षेत्रीय प्रतिनिधीमा कृष्ण प्रसाद पोख्रेल २२६, टोप नारायण भण्डारी २२६, प्रेम नारायण पौडेल २२५, धुव्र प्रसाद कडेल २२२, तिलकराम पाण्डे २१२, हरि बहादुर मल्ल २०१, बेदुराम पोख्रेल १८५, दुर्गा प्रसाद अर्याल १६२, टेक बहादुर बस्नेत १६१, झविन्द्र प्रसाद न्यौपाने १५७, दुर्गा प्रसाद न्यौपाने १५४, राममणी पौडेल १५०, भक्तिराम घिमिरे १४५, दधिराम पौडेल १४४ मत ल्याई विजयी भएका हुन्  ।
भने त्यसैगरी क्षेत्रीय प्रतिनिधी खुला महिला तर्फ विष्णु मल्ल भट्टराई २७०, सिता भट्टाराई अचार्य २१२, मिना पोख्रेल पौडेल २०३, लक्ष्मि कडेल १९९, सावित्रा पोख्रेल १८९, भगवता बेलबासे पौडेल १६६, इन्द्रा देवि घिमिरे १६४ मत ल्याई विजयी भएका हुन् । त्यस्तै क्षेत्रीय प्रतिनिधीमा आदिवासी जनजातिमा पुष्प राई (मदन) ले १४८ मत ल्याई विजयी भएका छन् । बाणगंगा नगरपालिका वडा ८ मा कुल ३५८ जना नेपाली कांग्रेसमा क्रियाशिल सदस्यहरु रहेका छन् भने कुल ८९.३९ प्रतिशत मत खसेको सहेक मतदाता अधिकृत विष्णु पौडेलले जनकारी दिनुभयो ।