नवौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधी न्यू होराईजन की सोनिया लाई

प्रकाशित मिति:

बुटवलमा भएको नवौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधी न्यू होराईजन इङलिस मावि बुटवलले जितेको छ । ‘महिला हिंसाको न्यूनीकरण : दण्डहीनताको अन्त्य वा नारी सशक्तीकरण भन्ने शिर्षकमा शुक्रबार भएको वादविवाद प्रतियोगितामा न्यू होराइजन इङलिस बोडिङ माध्यमिक विद्यालयकी सोनिया के.सी.विजयी भएकी हुन् । रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका २८ विद्यालयका सहभागी विद्यार्थीहरुलाई पछि पार्दै के.सी.ले उपाधी सहित नगद दश हजार, ट्रफि तथा प्रमाणपत्र हात पारेकी छन् ।यस्तै प्रतियोगितामा दीप बोर्डिङ माध्यमिक विद्यालयकी गृष्मा पोख्रेल द्वितीय हुँदै ६ हजार हात पारेकी छन् । यसैगरी प्रतियोगितामा न्यू इन्भाइरोन्मेन्ट इङलिस बोडिङ माध्यमिक विद्यालय मणिग्रामकी रिया ढकाल तृतिय हुँदै तीन हजार नगद हात पारेकी छन् भने नव ज्योति इङलिस बोडिङ माध्यमिक विद्यालय तिलोत्तमा–८ की शुष्मा भुसाल चौथो र सिद्वार्थ मेमोरियल एकेडेमी सैनामैना–१८ का सचिन अर्याल पाँचौ स्थन हासिल गर्दै नगद सहित प्रामाणपत्र तथा ट्रफी प्राप्त गरेको विद्यालयका सहायक प्राचार्य तथा कार्यक्रमका संयोजक भीमसेन गौतमले जानकारी दिनुभयो ।

एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले विजयी सहभागि विद्यार्थीहरुलाई पुरस्कार तथा ट्रफि प्रदान गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक सुवास पन्त, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका उप–प्रध्यापक डा. शंकरप्रसाद गैरे, वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, अधिकारकर्मी पत्रकार इन्दिरा अर्याल, विद्यालयका वरिष्ठ सह–प्राचार्य माधवप्रसाद आचार्य, शिक्षक माधवप्रसाद पौडेल लगायतले विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।