अनेरास्ववियु वडा-११को अध्यक्षमा बिपिन नेपाल (मधुसूदन)

प्रकाशित मिति:

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुको) बुटवल उपमहानगरपालिका अन्तर्गत वडा-११ को प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा   मधुसूदन नेपाल (बिपिन) वडा-११को अध्यक्षमा चहेन हुनुभएको छ।

लुम्बिनी बाणिज्य क्याम्पसमा सम्पन्न भएको वडा अधिवेशनमा ५५ सदस्यिय कमिटी निर्माण भएको छ । क.रमेश ढकालको अध्यक्षता साथै अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क.बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेला बाट अध्यक्ष-बिपिन नेपाल ,उपाध्यक्ष-जुना परियार , माधव पन्त , मीन प्र.सुवेदी , मनोज खड्का , सन्दिप ज्ञवाली , सचिव-लोकेश के.सि।, सह-सचिव-स्वर्णिम खनाल , लक्ष्मी खड्का , हेमन्त खनाल , कोषाध्यक्ष-सुजल श्रेष्ठ , सङ्गठन बिभाग प्रमुखमा- अनिल अर्याल , महिला बिभाग प्रमुख-आसुसा ज्ञवाली , उप-प्रमुख-सुष्मा भण्डारी र प्रचार बिभाग प्रमुख-जोसेफ घिमिरे लगायत ५५ सदस्यिय कमिटी निर्माण भएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथी राजेन्द्र ढकाल अतिथी साजन भण्डारी ,नवीन थापा सारु , शेषकान्त पोखरेल , प्रकाश पराजुली , भरत अर्याल , बसन्त भट्टराई , अनमोल गुरुङ्ग भोटेू लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त अधिवेशनको संचालन क.निरज आचार्यको गर्नु भएको थियो । अनेरास्ववियुको रक्त रन्जित झन्डामा गोलबन्द हुने सबै कमरेड हरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।