रोटरीद्वारा वृक्षिारोपणसहित विभिन्न कार्यक्रम

प्रकाशित मिति:

बुटवल, ९ असोज – रोटरी क्लव अफ बुटवलको १३८३ औं नियमित बैठक अन्तर्गत शनिबार वृक्षारोपण, इ–लर्निङ सपोर्ट एवं छात्रा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।आरसिसी भाटा, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण सहित तीनवटा कार्यक्रम आयोजना गरिएको क्लवका सचिव खिमनारायण पराजुलीले बताए ।

क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई इ–लर्निङ सम्बन्धी विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको थियो । त्यष्स्तै कार्यक्रममा विद्यालय परिसरमा करिव २०० बिरुवाहरु लगाइएको क्लवका सहसचिव दिवाकर घिमिरेले जानकारी दिए ।

क्लवका एसिष्टेन्ट गभर्नर डा. नारायणप्रसाद पन्थको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन क्लवका कोषाध्यक्ष गोपालप्रसाद बस्यालले गरेका थिए । त्यस अवसरमा क्लवका एजी पन्थले क्लवले सामाजिक कार्यक्रमलाई बिगतदेखि नै निरन्तरता दिएको भन्दै यसले आम मानिसमा रोटरीप्रति सकारात्मक भावनाको विकास हुने बताए ।