एमाले बैठकमा सुझाव पेस हुँदै, तीनै प्रतिवेदन आजै पारित हुने

प्रकाशित मिति:

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेस भएको प्रतिवेदनमाथि टोली नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गरिरहेका हुन् ।

भूगोलका सात प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको हो । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूहको नेताले १५ मिनेट सुझाव राखिरहेका छन् ।उनीहरूले दिएको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी छ ।

आजै केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने तालिका छ । टोली नेताले दिएको सुझावका आधारमा ती तीनै प्रतिवेदनलाई आज नै बैठकले पारित गर्ने तयारी रहेको बताइएको छ।

थप समाचार