एमालेको केन्द्रीय समिति बैठक : टोली नेताले दिए यस्ता सुझाव

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्यहरुले पार्टीको विधानमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने व्यवस्था गर्न सुझाव दिएका छन् ।एक सय ९६ जना केन्द्रीय सदस्यलाई १० वटा समूहमा बाँडेर गरिएको छलफलको निष्कर्ष निकाल्दै टोली नेताहरुले यस्तो सुझाव दिएका हुन् ।जसअनुसारपार्टीका उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्नेसमेत उनीहरुको सुझाव छ ।

‘पार्टीमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्नेलगायतका विभिन्न सुझाव प्राप्त भएको छ’, बैठकमा सहभागी एक शीर्ष नेताले भने ।दुई दिनदेखि ललितपुरको च्यासलमा जारी बैठकअन्तर्गत आज १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियोबैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।समूहगत छलफलका निष्कर्ष एक-एकजना टोली नेताले बैठकमा सुनाएका थिए ।

जसमा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानाले आ–आफ्नो समूहको निष्कर्ष सुनाएका थिए ।त्यस्तै कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाएका हुन् ।समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय समितिले आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन्