दिल्लीले राजस्थानलाई दियो १५५ रनको लक्ष्य

प्रकाशित मिति:

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ ।

शनिबार शेख ज्याद क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । दिल्लीका लागि श्रेयस यैरले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै, सिमरोन हेटमायरले २८ रन बनाउँदा कप्तान रिषव पन्तले २४ रन जोडे । दिल्लीका लागि ललित यादवले १४ रन बनाउँदा अक्षर पटेलले १२ रन बनाए ।

 

बलिङतर्फ राजस्थानका लागि मुस्तफिजुर रहमान र चेतन साकारीयाले समान दुईरदुई विकेट लिए । त्यस्तै कार्तिक त्यागी र राहुल तेवातियाले समान एकरएक विकेट लिए ।आजको खेलमा सहज जित निकाल्न सके दिल्लीको अघिल्लो चरण प्रवेशको सम्भावना प्रबल बन्नेछ । लिगमा ९ खेल खेलेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको चेन्नई सुपरकिंग्स समान अंकसहित शीर्ष स्थानमा छ । ८ अंक जोडेको राजस्थान पाँचौँ स्थानमा छ ।